सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थल चेकजाँचमा सुरक्षा गार्डको लापरवाही : प्रहरी आफै सुरक्षित छैन्न

 बझाङ । बझाङको देवल विमानस्थलमा सुरक्षा गार्डले चेकजाँचमा लापरवाही गर्ने गरेका छन् ।

दशै तथा अन्य चाँडपर्वहरु नजिकिए संगै चेकजाँचमा कडाई गर्नु पर्ने ठाउँमा बझाङको देवल विमानस्थमा रहेका सुरक्षा गार्डले भने चेक जाँचमा लाप्रबाही गर्ने गरेका छन् ।

विमानस्थलमा आएका यात्रुहरुको सामान चेकिङ गर्न आनाकानी गर्ने गरेको पाहिएको छ । विमानस्थलमा २३ सुरक्षा गार्डको दरबन्दि रहेकोमा हाल ११ जना कार्यरथ रहेका छन् ।

प्लेन आउने बेला सम्म स्थानियहरु विमानस्थलको रनवेमा तलमाथि गरिरहने गरेका छन् । त्यति मात्रै नभएर स्थानियहरुले विमानस्थललाई धान, पराल बोक्ने मुख्य बाटोको रुपमा प्रयोग गर्दै आएका छन् ।

पराल, चुराका टुक्रा लगाएत अन्य चिज बस्तुहरु विमानस्थलमा खसेर दुर्घटना हुन सक्छ भनेर विमानस्थल सुरक्षा गार्डलाई बेलाबेलामा स्थानियहरु आवतजावत गर्न रोक लगाउन आग्रह गरेपनि कुनै मतलब नगर्ने गरेको समिट एयरलाइन्सका बझाङका स्टेसन प्रमुख हिक्मत सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थलको घेरबारमा प्रयोग गरेको काँडे तारमा स्थानियहरुले लुगा सुकाउने गरेका छन् । धान, पराल, घाँस, पानी लगाएत सबै सामान ल्याउदा स्थानियहरुले विमानस्थलको रनवेबाट तलमाथि गर्छन ।

घाँस, पराल, फुटेका चुराका टुक्राहरु रनवेमा खसेका हुन्छन् । आज भोली यात्रुहरु धेरै हुने भएकाले विमानस्थलमा समिट एयरलाइन्सले २ पटक उडान गर्ने गरेका छ । एक पटक सफा गरेको विमानस्थल फेरी सफा गर्नु पर्छ ।’

विमानस्थलमा यहि तरिकाले स्थानियहरु रनवेमा हिडडुल गर्ने र सुरक्षा गार्डहरुले कडाइ नगर्ने हो भने, ह्वाई सेवा बन्द गर्नु पर्ने अवस्था र्सिजना हुनसक्ने र विमानस्थल सुरक्षा गार्डलाई स्थानियहरुलाई रनवे बाट जान रोक लगाउन अनुरोध गर्दा पनि कुनै चासो नदिदा विमानस्थलमा सुरक्षा चुनौती थपिएको स्टेसन प्रमुख सिंहले बताउनुभयो ।

विमानस्थलमा आफन्तहरुलाई विदाई गर्नका लागी पर्खिर्ने ठाउँमा तथा विमानस्थलका शौचालय अगाडी दिनानुदिन गोरुहरु जाने आउने भए पनि यस विषयमा कसैले चाँसो देखाएका छैनन् ।

गत असारमा विमानस्थलका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएत जिल्लाका सरोकारवालाहरु बसेर विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थल भित्र जान नपाउने लगाएतका निर्णयहरु गरिएको भएपनि हाल सम्म कार्यन्वयन हुन सकेको छैन् ।

स्थानियहरुलाई तलमाथि गर्नको लागी बैकल्पीक बाटो नहुँदा सम्म रनवेमा हिड्ने काम बन्द नहुने स्थानिय पवन धामीले बताउनुभयो ।
विमानस्थलमा लगाएको तारबार ठाउँठाउँमा मर्मत गर्नु पर्ने र हवाई संचालन हुने तथा आउने जाने फिक्स टाइम टेवल नभएकाले समस्या हुने गरेको देवल विमानस्थल सुरक्षा गार्डका इन्चार्ज केशव दत्त भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्लेन यति बेला आउछ भन्ने टाइमटेबुल हुदैन् । कहिलै गाउँतिर डिउटीमा गएको अवस्थामा आउछ । कहिलै खाना खाने बेला आउछ । टाइमटेबुल फिक्स छैन् । हामी आफै सुरक्षित छैनौ ।

कहिलेकाही राती भवनको पाखोबाट माटो र ढुंगा खस्छन । हामीले सके जतीको सुरक्षा दिइराखेका छौ ।’ विमानस्थलका प्रमुखलाई आफुले स्थानियहरुका लागी बैकल्पिक बाटो बनाउनका लागी पहल गर्न तथा निर्णय गर्न अनुरोध गरेको भएक पनि कुनै चाँसो नदिएको बताउनुभयो ।

साथै हाल विमानस्थलको सुरक्षाका लागी खटिएका प्रहरीहरु चुहिने छानोमा बसेका र दरबन्दी अनुसारका प्रहरीहरु खटाए पनि बस्नको लागी कुनै व्यवस्था नभएको र आफुहरु पनि जिर्ण भवनमा डराई –डराइ बस्ने गरेका इन्चार्ज भट्टले बताउनुभयो ।

सुरक्षा गार्डको कार्य क्षेत्र बढी रहेकोले र स्थानियहरुले प्रहरीलाई सहयोग नगर्दा सुरक्षामा चुनौती थपिएको विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थल घेरबारको लागी तारजालीको लागी टेन्डर भैसकेको छ । सुरक्षा गार्डहरुको भवनको लागी केन्द्रबाट प्रोशेष अगाडी बढाई सकेको छ ।’ विमानस्थल सुरक्षाको लागी सबैतहबाट सहयोग अनिवार्य भएकाले सबैले आ, आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने समेत अध्यक्ष आचार्यले बताउनुभयो ।

विमानस्थलको घेरबार आफैमा सुरक्षित नभएको र प्लेन कुन दिन कुन समयमा आउछ भन्ने पनि जानकारी नभएका कारण यस्तो भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो ।

साथै प्लेन आएको दिनमा नभएर अन्य दिनमा मात्रै विमानस्थलका सुरक्षा गार्डलाई अन्यन्त्र डिउटीमा खटाउने गरेको समेत खड्काले बताउनुभयो ।

प्रहरी एक्लेले मात्रै विमानस्थलको सुरक्षा दिन नसक्ने भएकाले नागरिकले पनि विमानस्थल सुरक्षाको अपनत्व लिनु पर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १०:०४