सूचनाको शक्ति - The Power Of Information

        

नुहाउने क्रममा बेपत्ता भएका सल्यानका युवकको शव भेटियो

सल्यान । सल्यानमा नुहाउने क्रममास् बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

शुक्रबार बिहानदेखि हराइरहेका ती युवकको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।

कालीमाटी गाउँपालिका वडा नम्बर ७ बाटुलेका ३५ वर्षीय श्याम विकको शव घटनास्थल भन्दा दुई किलोमिटर दक्षिणमा फेला परेको हो।

ती युवा सल्यान र बर्दियाको सिमाना रहेको बाटुले भन्ने ठाउँमा बबई नदीमा नुहाउन गएका थिए। उनले मादक पदार्थ सेवन गरेको र नदी ठूलै भएकोले उनी बगेको प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए।

प्रहरी र स्थानीयले खोजि गर्दा विकको शव फेला परेको हो। श्याम श्रीमतीसँगै नुहाउन नदीमा पुगेका थिए।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०९:३०