सूचनाको शक्ति - The Power Of Information

        

गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।

मान्बु आरूघाट गाउँपालिकामा पर्छ।

आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।

२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०७:३२