सूचनाको शक्ति - The Power Of Information

        

डलरको भाउ स्थीर, अरुको यस्तो छ अवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ  १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०७:२९