सूचनाको शक्ति - The Power Of Information

        

दस्तावेज

‘त्यतिबेला भारतीयलाई कुर्सीमा बस्न पनि लिखित अनुमति लिनुपर्थ्यो’

काठमाडौं । कुर्सीमा बस्न पनि अनुमति लिनुपर्छ भन्ने कुराले सबैलाई आश्चर्यचकित पार्न सक्छ । तर भारतमा २०० वर्षसम्म राज गरेका ब्रिटिशहरुले भारतीयहरुलाई कुर्सीमा बस्न समेत अनुमति दिएका थिएनन् ।

सन् १८८७ ताका भारतीय नागरिकलाई ब्रिटिश अधिकारीहरुको कार्यालयमा जाँदा कुर्सीमा बस्नको लागि अनिवार्यरुपमा अनुमति लिनुपर्दथ्यो । त्यो पनि मौखिक होइन, लिखित । त्यस्तो लिखित अनुमति पत्रमा ‘निज व्यक्ति सरकारी अधिकारी तथा सज्जनहरुलाई भेट्दा एक सिटको हकदार छन्,’ भनेर लेखिएको हुन्थ्यो ।

अनुमति पत्र नभएकाहरू उठेरै ब्रिटिश अधिकारीहरुलाई घण्टौं कुर्थे । विगतमा आफ्ना पुर्खाले त्यस्तो अमानवीय खप्की व्यहोरेका कारण अहिले पनि भारतका कतिपय स्थानमा उच्च तहका भनिएकाहरुले सर्वसाधारणलाई त्यस्तै व्यवहार देखाएको खबर बाहिरिन्छन् । धन्न अहिले भने ब्रिटिशहरुले झैँ लिखित अनुमति पत्र जारी गर्दैनन् । -एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १२:२३