सूचनाको शक्ति - The Power Of Information

        

१३ औं साफ च्याम्पियनसिप फुटबल

नेपाल र भारतबीच भिडन्त, ऐतिहासिक उपाधि जित्ने दाउमा नेपाल

नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गर्दै आइरहेको थियो ।

त्यसैले नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहान्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ । साफ च्याम्पियनसिप फुटबलमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

साफअन्तर्गत नै लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १–० ले हराएको थियो । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पूर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार ०८:०९