सूचनाको शक्ति - The Power Of Information

        

चिनियाँ राजदूत यान्छीले लगाइदिइन् दशैंको टीका

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना सहकर्मीहरूलाई दशैंको टीका लगाइदिएकी छन् । नेपाल सहकर्मीहरुसँग दशैं मनाउन पाउँदा खुसी लागेको राजदूत यान्छीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु,’ यान्छीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार १६:२९