सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सूर्यबहादुरका छोरालाई उद्योग मन्त्रालय !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गतसाता मन्त्रीमा नियुक्त भएलगत्तै राजीनामा दिन बाध्य भएका गजेन्द्र हमालको ठाउँमा त्यस्तै खालको व्यक्ति ल्याउन इच्छुक देखिएका छन् । हमालेको राजिनामापछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवा आफै मातहत राखेका छन् ।

पार्टीभित्रको समीकरणलाई ध्यानमा राखेर उनले केही समयअघि नेपाली काँग्रेसमा प्रवेश गरेका राप्रपा नेता सुनिलबहादुर थापालाई रिक्त पदमा नियुक्त गर्नेवारे छलफल चलाएको तर त्यो निर्णय कार्यान्वयन गर्न संबैधानिक अड्चन रहेको बताइन्छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल यसअघि पनि सोही मन्त्रालयमा मन्त्री थिए । प्रधानमन्त्री देउवाले गजेन्द्र हमालको राजीनामापछि आफूले सम्हालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पार्टी सहमहामन्त्री सुनिलबहादुर थापालाई दिने आशय राख्नुको राजनीतिक कारण रहेको स्रोतको दाबी छ ।

गतसाता गरिएको मन्त्रिमण्डल पुनर्गठनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पक्षधरलाई भाग पुर्याइसकेकाले अब पूर्वपञ्चहरुको तर्फबाट सुनिललाई मन्त्री बनाउन के हुन्छ भनेर आफ्नो सर्कलमा सोधनी भएको हो ।

आसन्न १४ औं महाधिवेशनलाई लक्षित् गर्दै देउवाले निकटस्थहरुसँग उक्त प्रस्ताव अघि सारेको तर धनकुटाबाट ०७४ को चुनाव हारेको हुँदा त्यही प्रतिनिधिसभाको पाँच बर्षे कार्यकालभित्र मन्त्री बन्न सम्भव देखिँदैन ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार ११:३३