सूचनाको शक्ति - The Power Of Information

        

रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।

दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबीसहितको टोली नेपालगन्जबाट हिँडेर काठमाडौं पुगेको थियो । प्रहरीले रुबीलाई पक्राउ गरेर नेपालगन्ज ल्याएको थियो ।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १७:१९