सूचनाको शक्ति - The Power Of Information

        

सुतिरहेकी महिलाको टाउकोमा हथौडा प्रहार

महोत्तरी । महोत्तरीमा राति सुतिरहेकी महिलाको टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको छ । महोत्तरी गाउँपालिका वडा नं. ३ मडै बस्ने लालकिशोर झाकी पत्नी ४२ वर्षीया शिला देवी झाको बुधबार राति हत्या भएको हो ।

सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गर्दा उनको घटानास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार मृत अवस्थामा शिलाको शव फेला परेको हो । हत्या गर्नेको खोजविन भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १६:४९