सूचनाको शक्ति - The Power Of Information

        

४५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ । देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् ।

यसमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० जना आइसीयू र १०५ जना भेन्टिलेटरमा छन् । यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १६:२८