सूचनाको शक्ति - The Power Of Information

        

मदिराको नशामा श्रीमतीको हत्या

अर्घाखाँची । मदिराको नशामा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले दाबी गरेको छ । ४३ वर्षीय लालबहादुर कुमालले बुधवार राति श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

लालबहादुरको परिवार गुल्मीको ईस्मा गाउपालिका–२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका–८ मा भाडामा बस्दै आएको थियो । प्रहरी निरीक्षक सुजन शाहले अभियुक्तबारे थप अनुसन्धान भइरहेको छ । उनले आफूले नसामा श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १३:१९