सूचनाको शक्ति - The Power Of Information

        

खेलाडीमाथि बोतल प्रहार, २० मिनेट खेल रोकियो

काठमाडौं । आक्रोशित घरेलु दर्शकले भ्रमण टोली पोल्याण्डका खेलाडीमाथि बोतलसहितका सामग्रीले प्रहार गरेपछि विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति अल्बानिया र पोल्याण्डबिचको खेल २० मिनेट रोकियो ।

पोल्याण्डले अल्बानियामाथि १–० को जित निकाले पनि यो खेल घरेलु दर्शकको आक्रामक गतिविधिका कारण ओझेलमा परेको हो । ७७ औँ मिनेटमा कारोल स्वीडेर्स्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाए ।

तर त्यसपछि अल्बानियाका समर्थकले पोल्याण्डका खेलाडीमाथि पानी र कोकाकोलाका बोतल प्रहार गरे । बाध्य भएर खेलाडी मैदान बाहिर निस्किए ।

२० मिनेटपछि बाँकी खेल पुनः भएको हो । विजयी भएको पोल्याण्ड ८ खेलबाट १७ अंकसहित समूह आई को दोस्रो स्थानमा छ । २० अंकसहित इंग्ल्याण्ड शीर्ष स्थानमा छ ।

पराजित भएको अल्बानिया १५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ०८:१८