सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार ११:१५