सूचनाको शक्ति - The Power Of Information

        

नेप्से परिसूचकमा २३.१९ अकंको गिरावट

काठमाडौं । दशैं बिदाअघिको अन्तिम कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २३.१९ अंकले घटेको छ ।

शेयर कारोबार हुने कम्पनी र रकम दुवैमा गिरावट आएपछि नेप्से परिसूचक २६३९ अंकमा झरेको छ । सोमबार समूहिक लगानी कोष र लगानी सूचकबाहेक सबै परिसूचक घटे ।

दिनभर २१९ कम्पनीको सेयर दोस्रो बजारमा खरीद बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारदेखि ५ दिन दशैं बिदा कारण बजार बन्द हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १८:५५