सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा सोमवार दश जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा सोमवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७८ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरीमा १७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो । सोमवार पुष्टि भएकामध्ये बाँकेका ९ जना छन् ।

नेपालगञ्जका २, खजुराका ३, बैजनाथका २ र कोहलपुरका २ जना हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०७ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १६:४३