सूचनाको शक्ति - The Power Of Information

        

जोगी लगाएर पत्रकार लखेटियो

बागेश्वरी मन्दिरका पुजारीबाट पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

बाँके प्रहरीले पनि चासो ब्यक्त

बाँके । पश्चिम नेपालकै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरका पुजारी चन्दननाथ योगीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।

दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका कान्तिपुर टिभिका लुम्बिनी प्रदेश प्रमुख जीवन पाण्डे माथि योगीले दुर्व्यवहार गरेका हुन् ।

मन्दिर परिषरमा दर्शनार्थिहरुसँग बाईट लिने तयारी गरेका पाण्डे र क्यामेरा पर्शन सबिता जीसीमाथि पुजारी योगीले आक्रमण गर्न खोजेको पत्रकार पाण्डेले जानकारी दिए ।

उनले मन्दिरको कम्पाउण्ड भित्र भिडीयो खिच्न नपाउने भन्दै ५ जना अन्य सहायक पुजारीहरु समेतलाई बोलाएर पत्रकार पाण्डे माथि आक्रमण गर्न खोजेको उनले बताए ।

पुजारी योगीको पत्रकार माथिको दुर्व्यवहारको घटना यो पहिलो होईन । मन्दिरको जग्गा र हिनामिनाका विषयमा रिपोर्ट बनाउन गएका टिभि पत्रकार शरण कर्माचार्य र तिलक गाँउले माथि पनि योगीले केहिवर्ष पहिले सांघातिक आक्रमण गर्न खोजेका थिए ।

चैते दशैं र वडा दशैंमा मन्दिरमा बली चढाउने तथा दान गर्ने भक्तहरुको संख्या बढी हुने र त्यो आम्दानी आफुले एकलौटी गरेको दृष्य सार्वजनिक हुने डरले पुजारी योगीले एक पक्षियरुपमा मन्दिर परिषरमा दृष्य खिच्न नपाउने सुचना समेत लेखाएका छन् ।

बागेश्वरी गुठि व्यवस्थापन समितिले मन्दिर परिषरमा फोटो खिच्न, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाउने कुनै निर्णय नगरेको गुठि समितिले जनाएको छ ।

गुठी समितिका संयोजक तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्सेर राणाले गुठी समितिबाट पत्रकारलाई भिडियो खिच्न नपाउने गरि कुनै निर्णय नभएको बताए ।

पुजारी यागीले मन्दिरको सम्पत्ती हिनामिना गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन गरिरहेको छ ।
घटनाका सम्बन्धमा बाँके प्रहरीले पनि चासो ब्यक्त गरेको छ । बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले आज दिउँसो प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर आवश्यक निर्णय गरिने बताए ।

उता नेपाल पत्रकार महासंघ बाँके शाखाले घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारलाई निर्वाध समाचार संप्रषणको वातावरण तयार गरिदिन प्रशासनसँग माग गर्दै महासंघका सचिव कमल डाँगीले दुर्वयवहारको घटनाको निन्दा गरे ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १०:५०