सूचनाको शक्ति - The Power Of Information

        

एनआरएनएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ।

आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो।

अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले बताए। अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्ने महासचिव शर्माले बताए।

सन् २०१९- २०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १०:०३