सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी र सुकुम्बासी समूहबीचको झडप

बुटवलको मोतीपुरमा कर्फ्यु कायमै, सुरक्षा समन्वय समितिको बैठक बस्दै

झडपमा गोली लागेर ४ जनाको मृत्यु

रुपन्देही  । बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु लागेको छ ।

झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो चार बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो ।

त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।

हिजो मोतीपुर औद्योगिक क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने क्रममा झडप भए पछि गोली चलाएको प्रहरीले जनाएको छ ।

झडपमा गोली लागेर ज्यान गुमाएका चार जनामध्ये कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियारको मात्र पहिचान खुलेको छ ।

प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडप हुँदा प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ०९:३१