सूचनाको शक्ति - The Power Of Information

        

बोलेरो जीप दुर्घटना

अपडेटः अछाम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (नामसहित)

घाइतेको विस्तृत विवरण

अछाम । जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सोही नगरपालिकाका १७ वर्षीय हिमाल नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा सवारीचालकसहित १५ जना घाइते भएका छन् ।

१३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जनालाई नेपालगन्ज लगिएको छ । मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो ।

घाइतेको विस्तृत विवरण

जीप दुर्घटनामा घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका-२ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षीय जगत विक, १६ वर्षीय हिक्मत आउजी, १७ वर्षीय प्रेम नेपाली, १८ वर्षीय सन्तोष ढकाल र १९ वर्षीय दिपेन्द्र धामी रहेका छन् ।

घाइते हुनेमा वडा नम्बर ८ का २२ खम्म खनाल, ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षीय दीक्षित भण्डारी र मंगलसेन नगरपालिका(५का मेघराज भाट रहेका छन्।

भरत र सन्तोषलाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ०९:०३