सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आइतवार ६ जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा आइतवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४४ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । भेरीमा ८ र बागेश्वरीमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २९८ पुगेको छ ।

यस्तै आइतवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८९१ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार १६:५१