सूचनाको शक्ति - The Power Of Information

        

वाईसिएलको नेपालगन्ज नगरस्तरीय सम्मेलन सुरु

बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज उपमहानगरपालिकास्तरीय प्रथम सम्मेलनको उद्घाटन गरिएको छ ।

नेपालगन्जको न्युरोडस्थित एक होटलको सभा कक्षमा शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा वाईसिएलका केन्द्रिय सम्मेलन आयोजक समिती सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज गणेश शाहीले गरेका छन ।

उद्घाटन समारोहमा माओवादी केन्द्रका बाँके अध्यक्ष आइपी खरेल, लुम्बिनी प्रदेश सचिवालय सदस्य अत्तहर हुसेन फारुकी, प्रदेश सदस्य अकल बहादुर वम, नवीन शर्मा, नेपालगन्ज उपमहानगरपालिका समिती अध्यक्ष डिल्ली वराल, अखिल नेपाल महिला संघ क्रान्तिकारी नेपालगन्ज नगर अध्यक्ष मन्दिरा पाण्डे, नेतृ कश्मिरा खातुन, वाइसिएलका लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, युवा नेता रतन शाही, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का लुम्बिनी प्रदेश महासचिव गजेन्द्र गुरुङले शुभकामना व्यक्त गरे ।

कार्यक्रम वाईसीएल नेपालका नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष इमाम खानको अध्यक्षता, आकास कसौधनको स्वागत र विवेक रानाभाटको संचालनमा चलिरहेको छ ।

उद्घाटन समारोहपछी हुने बन्द शस्त्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष खानले जानकारी दिए । पहिलो पटक भईरहेको सम्मेलनकामा उपमहानगरभित्रका २३ वटै वडाबाट प्रतिनिधि र पर्यवेक्षकको उपस्थिति रहेको खानले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार १६:४९