सूचनाको शक्ति - The Power Of Information

        

रोनाल्डोले फराकिलो बनाउँदै कीर्तिमान

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान थप बिस्तार गरेका छन् ।

कतारसँग भएको मैत्रीपूर्ण खेलमा शनिबार राति पोर्चुगल ३–० ले विजयी भयो । उसका लागि क्रिष्टियानो रोनाल्डोसहित जोसे फोन्ते र आन्द्रे सिल्भाले गोल गरेका हुन् ।

रोनाल्डोले ३७ औँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । ४८ औँ मिनेटमा फोन्ते र ९० औँ मिनेटमा सिल्भाले गोल गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि हालसम्म ११२ गोल गरेका छन् । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने पुरुष खेलाडी हुन् र उनले आफ्नो कीर्तिमान लगातार बढाउँदै लगेका छन् ।

केही समय पहिले उनले १०९ गोल गरी इरानका अली दाईले बनाएको कीर्तिमान भंग गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार १०:१६