काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघिका दुई खेलमा जित निकालेको नेपाली टोली उच्च मनोबलका साथ चिरप्रतिद्वन्द्वी भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने १० बजेपछि सुरु हुनेछ ।
साफमा सबैभन्दा सफल टोली भारतले सातपटक उपाधि जितेको छ । तर योपटक भारतले अहिलेसम्म जित निकालेको छैन, अर्थात उसले यसअघिका दुई खेलमा बराबरी खेलेको छ ।
आइतबारको खेलमा जित निकालेमा नेपाली टोली एक खेल बाँकी हुँदै फाइनल पुग्ने छ । शनिबार भएको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आइतबारको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका थिए ।
सहभागी टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान दुई खेल खेल्दा बंगलादेश र श्रीलंकाले ३ खेल खेलिसकेका छन् । नेपाल ६ अंककासहित शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंक, माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ ।
१ अंकका साथ अंकतालिको पुछारमा रहेको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिसकेको छ ।
।