सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज म्याराथनको सातौ संस्करण मंसिर ४ मा हुने

बाँके । नेपालगञ्ज म्याराथनको सातौ संस्करण आगामी मंसिर ४ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ ।

सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिवार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिवार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा नेपालगञ्ज म्याराथन डट कम वेभसाइटको शुभारम्भ गरे ।

शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जानएको छ बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने छ ।

पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । नगद पुरस्कार राशीमा वृद्धि गरिने बताईएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०९:४४