सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, पद् जाने निश्चित

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् ।

प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् ।

दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन् ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ ।

जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघको सत्ता गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०९:३३