सूचनाको शक्ति - The Power Of Information

        

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

फाइल तस्वीर

बर्दिया । हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । राजापुर १० का ३५ वर्षीय बेचन दहितको बिहान साढे ६ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवराज शर्माले जानकारी दिए ।

उनकाअनुसार झप्तिस्थित गेरुवा कर्णाली नदी किनार छेउ बाटोमा घरदेखि १ किमी पूर्व जंगलमा उनलाई बिहानै हात्तीले आक्रमण गरेको हो । घटनापश्चात प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको टोली खटाइएको उनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०९:२७