सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा वडा सदस्यको निधन

बैतडी । आज एक जनप्रतिनिधिको निधन भएको छ ।

मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

केही दिनदेखि बिरामी हुनुभएकी चन्द उपचारका लागि त्यहाँ गएका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १६:११