सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेस बझाङको सभापतिमा देउवा पक्षका बोहरा विजयी

बझाङ । नेपाली कांग्रेस बझाङको जिल्ला सभापतीमा खडक बोहरा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पक्षीय बोहराले देउवाकी श्रीमती आर्जु राणा निकट रमेश भण्डारीलाई पराजित गरेका हुन् ।

 

असोज १७ गते सम्पन्न हुने नेपाली कांग्रेसको १४ औ जिल्ला अधिवेशन तथा मतदान, मतदान सम्पन्न गर्न खटाइएका प्रमुख मतदान अधिकृत नै गायब भएपछी मतदान स्थागित भएको थियो ।

केन्द्रले नयाँ मतदान अधिकृत खटाएपछी २१ गतेबाट मतदान सुरु भएकोे हो । मतदान पछि बोहराले ८७७ मत ल्याएर विजयी भएका हुन् । भण्डारीले ५०८ मत प्राप्त गरेका छन् ।

कुल १५ सय ९८ जना मतदाता रहे पनि खसेको मत १४०५ रहेको छ । त्यसमा २० मत बदर भएका छन् । विहिबार देखी सुरु भएको मतदानमा विहिबार साँझ बाट मतगणना सुरु भएको थियो ।

जिल्लामा बोहरा अर्जुनजंङ बहादुर सिंह निकट मानिन्छन भने, भण्डारी पृथ्वी बहादुर सिंह निकट मानिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार १६:००