बाँके । चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु भएको छ ।

दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलर सहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् ।

।