सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा आत्मघाती बम हमला हुँदा कम्तीमा ५० जना मारिएका छन् ।

मृतकको संखय अझ बढ्न सक्ने अनुमान गरिएको छ । हमलामा १०० जनाभन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

आक्रमणमा मारिएकाहरूको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०८:४१