काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो ।
बालुवाटार बैठकबाट बाहिरिएर स्थायी कमिटी बैठकमा भाग लिन गएका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले दुई प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको बताए ।
यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको थियो । नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् ।
ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन्। तर, केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका उनीहरु अल्पमतमा छन्।
संघीय सरकारमा नेकपा एकीकृत समाजवादीले कम मन्त्रालय पाउने भएपछि असन्तुष्टि जनाउँदै आएको थियो। त्यसैको क्षतिपूर्ति स्वरुपमा दुई प्रदेशको मुख्यमन्त्री दिन लागिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
।