सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजारमा झर्‍याे

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजारमा झरेको छ ।

आज नौ सय ११ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार नौ सय ४२ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म सात लाख ७३ हजार एक सय ४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा आठ सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१० हजार ६ सय ७२ जनाकाे नमुना परीक्षण गर्दा आठ सय पाँच जना अर्थात् सात दशमलव ५४ प्रतिशतमा सङ्क्रमण देखिएको हो । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९३ हजार ७२ पुगेको छ ।

 यही अवधिमा थप आठ जना सङ्क्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय पुगेको छ ।

अहिले तीन सय २९ जनाको आईसीयू र एक सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा ५७ हजार एक सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ६४ लाख ३० हजार चार सय ३१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसङ्ख्याको २९ दशमलव ६ प्रतिशत हो । यस्तै ८० लाख आठ हजार आठ सय ५४ जना अर्थात् ३६ दशमलव आठ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १७:५१