सूचनाको शक्ति - The Power Of Information

        

पुष्पसँग बोल्ड लुक्समा अञ्जली

काठमाडौं । गायक शिव परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ बोल रहेको गीतको चर्चापछि त्यसैको दोस्रो पाटको रुपमा ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत बनाएका छन् । जसको भिडियो हालै छायाँकन गरिएको छ ।

कविराज गहतराजको निर्देशन रहेको भिडियोमा अभिनेता पुष्प खड्काले टिकटक स्टार्स अञ्जली लुईँटेल र आलिया अधिकारीले अभिनय गरेका छन् । क्लब प्ल्याटिनममा हालै छायाँकन भएको भिडियोमा अञ्जली र आलियाको बोल्ड लुक्स देख्न सकिन्छ । अञ्जली र आलियाको डेब्यु भिडियो हो । पहिलो भिडियोमा नै उनीहरु बोल्ड लुक्समा प्रस्तुत भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १६:१५