सूचनाको शक्ति - The Power Of Information

        

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौँ । सेयर बजार बिहीबार बन्द हुने भएको छ ।

आज बिहीबार (असोज २१ गते) नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना भएकोले सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ ।

यसअघि बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको छ ।

जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार ०८:३१