सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दुईजना फरार प्रतिवादी पक्राउ

बाँके । बिभिन्न अभियोगमा अदालतबाट सजाय पाएर फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा फरार प्रतिवादी जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवा बस्ने २५ वर्षीय पटवारी लोधलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतको २०७५ साल माघ ९ गतेको फैसलाले ११ दिन कैदसजाय पाएका उनी हालसम्म फरार रहेकोले पक्राउ गरी बुधवार अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै लेनदेन मुद्दामा फरार रहेका नेपालगञ्ज वडा नं. १० का ५४ वर्षीय श्याममणी प्रसाद मण्डललाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँके जिल्ला अदालतबाट २०७८ साल बैशाख ३ गते ९ महिना कैदसजाय पाएका उनलाई पक्राउ गरी बुधवार अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार ०८:१६