सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा हैदरावादको जित

काठमाडौँ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

अबुधाबीमा बुधबार भएको खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए । एबी डी भिलियर्सले अविजित रहदै १९ रन बनाए । शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

जितपछि पनि १३ खेलमा ६ अंक जोडेको हैदरावाद पुछारमा नै छ । बैंगलोर १६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार ०८:१०