सूचनाको शक्ति - The Power Of Information

        

अवैध सामान बरामद गरी भन्सार बुझाइयो

बाँके ।   भन्सार छली नेपालगञ्ज भित्र्याइएको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी र बाँके प्रहरीको संयुक्त टोलीले नेपालगञ्ज वडा नं. १० बाट लत्ताकपडा, पास्ता, घण्टी, सुपारीलगायतको विभिन्न सामान बरामद गरेको हो ।

बरामद गरिएको २ लाख ९८ हजार ५० रुपैयाँको सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १६:१६