सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा बझाङको अध्यक्षमा सिंह चयन

बझाङ । बझाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनले युवा नेता धिरज विक्रम सिंहलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

एकता अधिवेशनले अध्यक्ष सिंहको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत रुपमा चयन गरेको छ ।

उक्त पार्टीका केन्द्रिय सदस्य हिक्मत भण्डारीको उपस्थितिमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा सिंह, उपाध्यक्षमा किशोर भण्डारी, उपाध्यक्षमा धुर्व बहादुर रोकाया, उपाअध्यक्ष हिरेन्द्र नेपाली, सचिव राम बहादुर कठायत लगाएत १९ सदस्यी जिल्ला कार्य समिती चयन गरेको छ ।
अधिवेशन पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरेर उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १६:१३