सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मनाइयो ६६औं प्रहरी दिवस

प्रहरी दिवस : उत्कृष्ठ काम गर्ने बाँकेका २६ प्रहरीलाई सम्मान (फोटोफिचरसहित)

‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका विमोचन

बाँके । उत्कृष्ठ काम गरे वापत बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र खनालसहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् ।

May be an image of 1 person and outdoors

नेपाल प्रहरीको ६६ औं दिवसका अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित विशेष कार्यक्रममा उनीहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो ।

May be an image of 1 person, standing and outdoors

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेका अनुसार उनीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

May be an image of 10 people and people standing

 

‘इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी साबसहित २६ जना प्रहरी कर्मचारी पुरस्कृत हुनु भयो, उहाँहरु सबैलाई नगद र प्रमाणपत्र प्रदान गरिएको हो ।

May be an image of one or more people, people standing and outdoors

सोही समारोहमा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पुर्याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको उनले बताए ।

May be an image of 6 people and people standingयस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको जिप्रका बाँकेले जनाएको छ ।

May be an image of 1 person, standing and outdoors

कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा-सुमन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेना राँझा ब्यारेकका प्रमुख, सशस्त्र प्रहरीका एसपी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्रकुमार जोशी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी लगायत अतिथी एवम भुतपुर्ब प्रहरी, अमर प्रहरी परिवार लगायतको उपस्थिति रहेको थियो ।

May be an image of one or more people, people standing and outdoors

 

 

कार्यक्रममा प्रजिअ गेलालका साथै खजुरा गाउँपालिका उपाध्यक्ष एवम् अमर प्रहरी परिवार एकमाया लगायतले बोलेका थिए ।

May be an image of 4 people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १५:५२