काठमाडौं । कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ३ जना डीएसपीसहित ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ ।
६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् ।
कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका डिएसपीहरु समिरचन्द्र खरेल, राजकुमार केसी र डम्बर बहादुर केसीको परिवारलाई कदरपत्र हस्तान्तरण गरिएको छ ।
प्रहरी सहायक निरिक्षक (असई) देवी बहादुर पुरी, राजेश बिक र हवल्दार युवराज भण्डारीको परिवारलाई कदरपत्र प्रदान गरिएको छ । मृतकका धर्मपत्नीहरुले कदरपत्र लिएका छन् ।
।