सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल: राजस्थानमाथि मुम्बईको उत्कृष्ट जित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ।

गएराति राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए।​ राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो। राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे।

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए।

जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ। मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। राजस्थान १० अंकसहित सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ०७:५२