सूचनाको शक्ति - The Power Of Information

        

थपिए ९६८ जना संक्रमित, ६ जनाको निधन

काठमाडौं । मंगलवार नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १६ हजार ४२ नमुना परिक्षण गरिएको थियो ।

पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:५४