सूचनाको शक्ति - The Power Of Information

        

प्रा.डा. आचार्यको पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ विमोचन

काठमाडौं । राजनीतिशास्त्रका प्राध्यापक डाक्टर जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ को मंगलबार विमोचन गरिएको छ ।

उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथी एवम् प्राध्यापक गोविन्द प्रसाद घिमिरे, विशिष्ट अतिथी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र लेखक डाक्टर आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

सो क्रममा बोल्दै लेखक आचार्यले आफ्नो जीवनका भोगाई, अनुभुती सुनाएका थिए । विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वको उपस्थिति रहेको छ । कार्यक्रममा महाससंघका अध्यक्ष पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका छन् ।

उक्त पुस्तक क्रियटिभ बुक्सले प्रकाशन गरेको हो । आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्लेषण गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:५२