सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा एक युवकको शव भेटियो

बाँके । नेपालगञ्जमा एक युवकको शव भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ गायत्री मन्दिर नजिक खाली जमिनमा १९ वर्षीय रोहित थारुको शव भेटिएको हो ।

रोहितको परिवार लामो समयदेखि वडा नम्बर १ मा बस्दै आएको थियो । उनीहरुको घर बर्दियाको राजापुरमा रहेको बताइएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए ।

मंगलबार बिहान ८ बजे खेतमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १३:०७