सूचनाको शक्ति - The Power Of Information

        

समाचार

धावनमार्गमै यसरी चिप्लियो श्री एयरलाइन्सको जहाज

काठमाडौं । काठमाडौंबाट नेपालगन्ज आउने क्रममा रहेको श्री एयरलाइन्सको जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलको धावनमार्गमा जाने क्रममा चिप्लिएको छ । यात्रु लिएर जान लागेको जहाज पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा चिप्लिएको हो ।

फ्लाइट नम्बर ४२१ जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको थियो । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले भने, ‘धावनमार्गमा जाने क्रममा पछाडिको टायर चिप्लियो । धावनमार्गकै लेवलमा रहेको माटोमा चिप्लिएको हो । अहिले जहाज निकालिसकिएको छ । सबै अवस्था सामान्य छ ।’

चालक दलसहित ८० जना यात्रु बोकेको नाइन एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज काठमाडौंबाट नेपालगन्ज आउने क्रममा चिप्लिएको हो । बिहान ८ बजे उड्नुपर्ने जहाज ‘डिले’ भएर साढे ९ बजे उडान भर्ने तयारीमा रहेको जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसे मैदानतिर गएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा रहेका सबै यात्रु भने सकुसल छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १२:५२