सूचनाको शक्ति - The Power Of Information

        

बिहानै खाली पेटमा पिउनुहोस् पानी, यस्ता छन् फाइदा

काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ ।

के तपाईलाई थाहा छ ? बिहान खाली पेटमा मनतातो पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।

पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ। हो, विभिन्न शोध तथा अध्ययनले देखाएअनुसार तपाइले बिहानै मनतातो पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट छुट्कारा समेत पाउनुहुनेछ ।

प्रशस्त पानी पिउँदा शरीरको फोहोर र विषाक्त पदार्थ पसिना र पिसाबका रूपमा बाहिर निस्कन्छ ।

बिहान उठेर पानी पिउनुका फाइदाहरु

बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । र राम्ररी रक्तसञ्चार हुन पाउँछ ।

यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस् । यसबाट तौल कम गर्न सकिन्छ ।

बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।

शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।

बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ । यतिखेर दिमागलाई भरपूर अक्सिजन प्राप्त भएर ताजा भइरहेको हुन्छ । पानी पिउँदा दिनभरि तनावबाट राहत प्राप्त हुन्छ ।

खाली पेट पानी पिउँदा हाम्रो शरीरको तापक्रम पनि नियन्त्रणमा रहन्छ ।

बिहानै उठेर पानी पिउने प्रक्रिया नियमित पानी पिएमा छालामा कान्ति आउँछ । चमक थपिन्छ ।

शरीरका मांसपेशी पनि बलियो हुन्छ । कोशिका निर्माण हुँदै जान्छ ।

– खाली पेटमा पानी पिउँदा मेटाबोलिजम् सक्रिय हुन्छ ।

रुघाखोकी लागेको बेला पर्याप्त मनतातो पानीले ओखतिको रुपमा काम गर्छ ।

– बिहानै उठेर पानी पिएमा कब्जियतको समस्याबाट छुट्कारा मिल्छ ।

– बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।

महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।

बिहानै पानी पिउने गर्नाले भोक बढ्छ अरुची हुने समस्या हट्छ ।

मृगौलासँग सम्बन्धित समस्या, टाउको दुखाई, पेटको समस्या सजिलै हट्छ ।

सामान्य व्यक्तिले (पुरूष या महिला ) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। अथवा सबैले यही नै खानुपर्छ भन्ने पनि छैन । तर पिसाब पहेँलो हुनुहुँदैन। पिसाब पोल्ने, गन्हाउने, कलर बदलिने भएमा पानी नपुगेको संकेत पनि हुनसक्छ । तिर्खा लागिहाल्यो भने एकछिनपछि भनेर बस्नुभएन ।

दिनमा यति पानी पिउने भनेर कुनै नियम नभएको कारण तपाईले आफ्नो शरीरको आवश्यकताअनुसार पानी पिउनुपर्छ ।

इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ । धेरै गर्मी छ शरीरमा पसिना आएको छ अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने पनि हुन्छ।

वा दौड, ग-हौँ सामान उचाल्ने, कडा परिश्रम भएको बेला पानीको मात्रा पनि बढाउनुपर्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०९:३१