सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् आजका कार्यसूची ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७’ पेस गर्ने कार्यसूची रहेको छ ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०९:२७