सूचनाको शक्ति - The Power Of Information

        

१०३० कोरोना संक्रमित थपिँदा एक हजार जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ८७४ जनामा कोरोना परीक्षण गर्दा एक हजार ३० जनामा संक्रमण पाइएको हो ।

सोसँगै देशभर सक्रिय संक्रमित १६ हजार ६०६ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् ।

पछिल्लो २४ घन्टामा एक हजार जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७० हजार २२४ रहेको छ ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव पाँच प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १७४ जनाको निधन भइसकेको छ ।

हाल देशभर ३५१ जना सघन उपचार कक्ष (आईसीयू), ११८ जना भेन्टिलेटर, १५ हजार ५३४ जना होम आइसोलेसन, एक हजार १५२ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १९:०४