बझाङ । बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ ।
सोमबार विप्लव समूहका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन् । तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै आफुहरु धर्नामा बसेको बताएका छन् ।
३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउन धर्ना सुरु गरिएको बताईएको छ । धर्ना जारी रहेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो ।
तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लव समुहका नेताहरुको गुनासो छ ।
।